सर्वोच्चको निणर्यपछि मुस्कुराउदै संसद भवन छिरे ओली !

 कोरखबर   २३ फागुन, २०७७



फाल्गुण २३, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुर्नस्थापनाको फैसला गरेपछि आज पुर्नस्थापित संसदको पहिलो बैठक बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा बस्ने संसद बैठकमा सहभागी हुन् सांसदहरु संसद भवन जाँदैछन् । 

यसैबिच प्रधानमन्त्री केपी शर्मा ओली संसद बैठकमा सहभागी हुन नयाँ बानेश्वर पुगेका छन् । संसद भवन प्रवेश गर्दै गर्दा प्रधानमन्त्री ओलीको मुहारमा मुस्कान देखिएको थियो । ओलीले संसद विघटनको निर्णय गरेपछि विवादित बनेको नेकपाको दुबै समुहलाई नेकपाको मान्यता नदिएको फैसला केहिवेर अघिमात्रै सर्वोच्चले गरेको थियो ।

सर्वोच्चले ऋषिराम कट्टेलको संयोजकत्वमा आयोगमा दर्ता भएको नेकपालाई आधिकारिकता दिँदै पुर्व नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई व्युँताईदिएको छ । 

सर्वोच्चको फैसला सँगै बस्न लागेको संसद बैठकमा सहभागी हुन गएका प्रधानमन्त्री ओली मुसुमुसु हाँस्दै संसद भवन छिरेका हुन् ।

यसैगरी सभामुख अग्निप्रसाद सापकोटा, पूर्व प्रधानमन्त्री डा. बावुराम भट्टराई, लगाएतका सांसदहरुपनि संसद भवन पुगिसकेका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post