दाहाल-नेपाल पक्षको स्थायी कमिटी बैठक पेरिसडाँडामा शुरू !

 कोरखबर   २४ फागुन, २०७७



२४ फाल्गुन, काठमाडौँ । सर्वोच्च अदालतले गरेको फैसलालाई लिएर छलफल गर्न नेकपा प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक शुरू भएको छ ।पार्टी कार्यालय पेरिसडाँडामा केहीबेर अघि शुरु भएको बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुनेछ । 

सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गरेपछि यो समूहले आकस्मिक स्थायी समिति बैठक बोलाएको हो ।

यसअघि आज बिहान ११ बजे बोलाइएको बैठक ३ बजेलाई सारिएको थियो । बैठकमा सर्वोच्चको फैसलाबारे छलफल गरेर फैसला पुनरावलोकनका लागि जाने वा नजाने भन्ने निर्णय गर्ने नेताहरुले बताएका छन् ।

आइतबार सर्वोच्च अदालतले नेकपा नाममाथि फैसला गर्दै ऋषि कट्टेलको पार्टीलाई मान्यता दिएर एमाले र माओवादी केन्द्र अस्तित्वमा रहेको फैसला गरेको थियो।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post