दाहाल–नेपाल कम्फर्टेबल सरकार बनाउने ध्याउन्नमा : ओली

 कोरखबर   १७ फागुन, २०७७



फाल्गुन १७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा दाहाल-नेपाल समूह जनतालाई चाहिने सरकारभन्दा पनि कसैको लागि कम्फर्टेबल सरकार बनाउने ध्यानतिर लागेको दाबी गरेका छन् ।

पोखरामा आयोजित नेकपाको ओली पक्षिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दाहाल-नेपाललाई कसैका लागि कम्फर्टेबल सरकार बनाउनेमा केन्द्रित भएको बताए ।

" उहाँहरुलाई देश बनाउने, जनतालाई सेवा गर्ने सरकार हैन, पूर्वाधार विकास गर्ने सरकार हैन, कसैका लागि कम्फर्टेबल सरकार बनाउने चाहिएको छ," उनले भने । प्रधानमन्त्री ओलीले दाहाल नेपाल समूहले पार्टी कब्जा गर्ने, देश बर्बाद बनाउने कम्फर्टेबल सरकार बनाउन खोजेको आरोप लगाए ।

नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले केही दिनअघि एक टेलिभजनलाई अन्तवार्ता दिँदै भारत र चीनलाई अनुकल कम्फर्टेबल सरकार बनाउने बताएका थिए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post