फागुन १९,काठमाडौं । प्रचण्ड–नेपाल पक्षले सुवास नेम्वाङलाई पार्टीको स्थायी समितिबाट निलम्बन गरेको छ।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको सो पक्षको स्थायी समितिको बठकले नेम्वाङलाई स्थायी समिति सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको थियो।
सो निर्णयलाई त्यसलगत्तै बसेको केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको एक केन्द्रीय सदस्यले बताए। सो बैठकले नेम्वाङलाई संसदीय दलको उपनेताबाट तीन दिनभित्र राजीनामा दिन समेत निर्देशन दिएको छ।