रघुजी पन्तको अभिव्यक्ति विरुद्ध कोमल वली अदालत जाने !

 कोरखबर   १६ फागुन, २०७७



फाल्गुन १६, काठमाडौँ । नेकपाका दाहाल-नेपाल समूहका नेता रघुजी पन्तले आफूविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय सभाकी सांसद कोमल वलीले न्याय माग्न अदालत जाने बताएकी छन् ।

दाङमा रहेकी वलीले काठमाडौं आएपछि अदालत जाने बताएकी हुन् । नेता पन्तले निच अभिव्यक्ति दिएको पनि उनले बताएकी छन् ।

" म अहिले दाङमा छु । उहाँले जसरी कोमल वलीले ' सारी सर्काएर पिडौंला देखाएर पोइला जान पाम भनेपछि सांसद पद पाएको'  भन्नु भएको छ, यो उहाँको निच अभिव्यक्ति हो । उहाँले ममाथि मात्र होइन सफलता प्राप्ते महिलाका विषयमा जुन किसिमको अभिव्यक्ति दिनुभयो, त्यो आपत्तिजनक छ,"  उनले भनिन्, " साथीभाइहरुसँग सरसल्लाह गर्दैछु । भोलिसम्म दाङमै व्यस्त छु । पर्सी काठमाडौंमा आइसकेपछि मेरो वकिलसँग सरसल्लाह गरेर कानुनी प्रक्रियामा जाने विचार गरेको छु । म न्यायको लागि अदालतमा जान्छु ।"

पन्तले पार्टीमा लामो योगदान दिएका नेतृहरुले राष्ट्रियसभा सदस्य र केन्द्रीय सदस्य नपाएको तर वलीले दुवै पद पाएको बताएका थिए । नेता पन्तको अभिव्यक्तिको खण्डन गर्दै वलीले लामो फेसबुक स्टाटस लेखेकी थिइन् । रघुजीको अभिव्यक्तिमाथि सामाजिक सञ्जारतिर पनि चर्को आलोचना भएको छ । वली नेकपा ओली समूहमा खुलेकी छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post