कार्यकर्ता रिहा नगरेकोमा विप्लवको आपत्ति !

 कोरखबर   १८ असोज, २०७८



असोज १८, काठमाडौं । नेत्रविक्रम चन्द "विप्लव" नेतृत्वको नेकपाले आफ्ना कार्यकर्ताहरु तत्काल रिहा गर्न माग गरेको छ। पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवालाई सोमबार भेटेर तत्काल आफ्ना कार्यकर्ता रिहा गर्न माग गरेका हुन्।

नेकपाका अनुसार झण्डै एक सय ५० कार्यकर्ता बन्दी छन् । नेकपाले वार्ता र तीन बुँदे सहमतिले राष्ट्रिय र अन्तराष्ट्रिय जगतमा पारेको सकारात्मक प्रभाव र जनअपेक्षामाथि तुषरापात भएको विप्लवु नेतृत्वको नेकपाले बताएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘तीन बुँदे सहमतिको सुरुमै कार्यन्वयन गर्नुपर्ने विषय बन्दी रिहाइ र मुद्दाको खारेजी हो । यही विषय झन बढी ढिला भइराखेको छ । हाम्रो पार्टी तीन बुँदे सहमतिप्रति पूर्ण प्रतिवद्धतासहित अक्षरसः लागू गरिराखेको छ र गर्ने छ। आशंका, अविश्वास, मनोवैज्ञानिक दबाब र निहित स्वार्थ, कुण्ठा र प्रतिशोधको जगमा उभिएको तथा विपक्षी शक्तिहरूको दुरूत्साहन र योजनामा जन्मिएको यस समूहप्रति पार्टीका अधिकांश नेता, कार्यकर्ता र आम जनताको आपत्ति, आक्रोश र तिरष्कार छ।’



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post