सडक बिभाग र ठेकेदार विरुद्ध आन्दोलन गर्न गएका सात पत्रकार पक्राउ !

 कोरखबर   २८ कार्तिक, २०७८



कार्तिक २८, काठमाडौं । दोलखाको चरिकोट-मुडे सडक अलपत्र पार्ने सडक बिभाग र ठेकेदार विरुद्ध आन्दोलन गर्न गएका पत्रकार पक्राउ परेका छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा सहित सात पत्रकार लामोसाँघु-जिरी सडक सुधार आयोजनाको कार्यालयबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्ने पत्रकारहरुमा महासंघका केन्द्रीय सदस्य खतिवडा साथै चिरञ्जीवी मास्के, श्याम खतिवडा, गोकर्ण भण्डारी, सिर्जन घिमिरे, राजन बस्नेत र अर्जुन कार्की छन् । उनीहरुलाई तत्काल रिहाइ गर्न संचार सम्बद्ध संस्थाहरुले माग गरेका छन् ।

आन्दोलन समितिका संयोजक मास्केले भने,‘सडक बिभागका प्रमुख र ठेकेदारको लापरवाही विरुद्ध यसअघि पनि आन्दोलन गरेका थियौं । माग सुनुवाइ नभएपछि आइतबार सडक कार्यालयका तालाबन्दी गरेका छौं । अहिले हामी प्रहरी नियन्त्रणमा छौं ।'



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post