रौतहट जीप दुर्घटना : मृतक चारैजनाको सनाखत (अपडेट)

 कोरखबर   २८ कार्तिक, २०७८



कार्तिक २८, रौतहट । रौतहट जीप दुर्घटनामा मृत्यु भएका चारैजनाको सनाखत भएको छ। मृत्यु हुनेमा भारतको बिहार पुर्विचम्पारणस्थित पताहि बेतौना घर भएका २५ वर्षीय दिनानाथ साह, ३० वर्षीय अरुण साह, २८ वर्षीय दिलिम महतो र २८ वर्षीय अमित महतो रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

उनीहरु चारैजना भारतीय नागरिक हुन्। रौतहटको यमुनामाई गाउँपालिका-५ झुनखुनुवामा शनिबार राति करिब १० बजेतिर कार दुर्घटना भएको थियो । युके १२ सी २९०० नम्बरको कार सडक किनारमा रहेको गहिरो पानी जमेको खाडलमा खसेको थियो। पानीमा डुबेको अवस्थामा जीपको सिसा फुटाएर चार जनालाई प्रहरीले निकालेको थियो ।

अस्पताल पुर्‍याउने वित्तिकै उनीहरुलाई मृत घोषणा गरेको हो। उनीहरु भारतको पताही बेतौना गाउँबाट देवाहि गोनाहि नपामा रहेका आफन्तको घरमा छठपर्वको प्रसाद पुर्‍याएर फर्किदै गरेको खुलेको छ।

अत्याधिक मदिरा सेवन गरी जीप चलाएको हुनसक्ने प्रहरीको अनुमान छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post