सर्वोच्चभित्र वकिल र प्रहरीबीच धकेलाधकेल, पाँच पक्राउ !

 कोरखबर   २८ कार्तिक, २०७८



२८ कार्तिक,काठमाडौं । सर्वोच्च परिसरभित्र कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल भएको छ। प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्च पुगेका कानुन व्यवसायी र त्यहाँ खटिएका सुरक्षाकर्मीबीच धकेलाधकेल भएको हो।

सोही क्रममा तत्काल इजलास सञ्चालन गर्नुपर्ने भन्दै सर्वोच्च गेट बाहिर नाराबाजी गर्ने पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले नुरप्रसाद अधिकारीसहित पाँचजनालाई नियन्त्रणमा लिएको हो।

कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन सर्वोच्च परिसरको मुल गेटटमै धर्ना बसेका छन्। सर्वोच्चभित्र कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशविरुद्ध नाराबाजी गर्न थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post