आयल निगम घेराउ गर्न पुगे सत्तारुढ दल निकट विद्यार्थी !

 कोरखबर   २६ कार्तिक, २०७८



कात्तिक २६, काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सत्तारुढ दल निकट ६ विद्यार्थी संगठनले आयल निगमको कार्यालय घेराउ गरेका छन्। 

विद्यार्थीहरुले आयल निगमको केन्द्रीय कार्यालय टेकु पुगेको कार्यालय घेराउ गरेका हुन्। 

निगमको कार्यालय घेर्न पुगेका विद्यार्थीले महाप्रबन्धक सुरेन्द्र पौडेलविरुद्ध नाराबाजी गरिरहेका छन्। उनीहरुले तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका छन्।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post