ट्रकको ठक्करबाट ग्वार्कोमा स्कुटर चालकको मृत्यु !

 कोरखबर   २५ कार्तिक, २०७८



कात्तिक २५, काठमाडौं । ललितपुरको ग्वार्को चोकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

काभ्रेपलाञ्चोकका २१ वर्षीय स्वप्निल लामाको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका लामालाई उपचारका लागि ग्वार्कोस्थित बी एन्ड बी अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । 

आज बिहान करिब पौने ६ बजे ना६ख १९३३ नम्बरको ट्रकले लामा सवार बा६७प ४६८३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ट्रक चालकलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोले नियन्त्रणमा लिएको जनाइएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post