प्रधानन्यायाधीश जबरा सर्तसहित राजीनामा दिन तयार !

 रासस   २४ कार्तिक, २०७८



२४ कार्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्तसहित राजीनामा दिन तयार भएका छन् । प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने कानुन व्यवसायीहरुको चेतावनीपछि सर्तसहित राजीनामा दिन तयार भएको स्रोतको दाबी छ ।

पदबाट राजीनामा दिन प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतका सबै न्यायाधीशले राजीनामा दिनुपर्ने सर्त राखेका छन् । त्यस्तै  आफूसहित बहालवाला न्यायाधीश, पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरुले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने सर्त राखेको स्रोतको भनाइ छ ।

आफ्नो प्रस्ताव मान्न सबै न्यायाधीश तयार भएमात्र आफूले दिने राजीनामा प्रधानन्यायाधीश जबराले स्पष्ट पारेको स्रोत बताउँछन् ।अन्यथा कुनै हालतमा राजीनामा नदिने उनले स्पष्ट पारेका छन् ।

मन्त्रिपरिषद् विस्तारमा ‘भाग खोजेको’ पछि प्रधानन्यायाधीश जबराको राजीनामा माग हुँदै आएको थियो । अहिले भ्रष्टाचारलगायत न्यायपालिकामा विद्यमान अन्य विकृति र विसङ्गति समेत उनको पालामा मौलिएको भन्दै चर्को विरोध हुँदै आउएको छ ।

आफूले भाग नखोजेको भन्दै सर्वोच्च अदालतका तर्फबाट प्रधानन्यायाधीशले खण्डन गरेपनि मुद्दाको पेसी स्वचालित तरिकाबाट हुनुपर्ने आदि विषय उठाएर नेपाल बार एशोसिएशन पनि आन्दोलित बनेको छ । अहिले नेपाल बारले जबराको राजीनामा माग्दै दोस्रो चरणको विरोध कार्यक्रम गरिरहेको छ ।

गत कात्तिक ८ मा नै सर्वोच्च बारले प्रधानन्यायाधीश जबरा सम्पूर्ण रूपले असफल भइसकेको निष्कर्षसहित उनले पद छाडेर निकास दिनुपर्ने निर्णय गरेको थियो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post