विराटनगर कारागारमा कैदीबन्दीबीच झडप, ६ जना घाइते !

 कोरखबर   २३ कार्तिक, २०७८



कार्तिक २३,काठमाडौं । विराटनगर कारागारमा दुई पक्षबीच झडप भएको छ । झडपमा ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीले लोकपथलाई जानकारी दिए ।

‘दैनिक उपभोग्य वस्तु महँगो भएको विषयमा कैदीबन्दी र डिलरबीच सामान्य विवाद भएको हो र विवादका क्रममा ६ जना सामान्य घाइते भएका छन्’, एसपी जिसीले भने ।

घाइते ६ जनालाई उपचारका लागि कोशी अस्पताल पठाइएको छ । अहिले घटना साम्य भइसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जानाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post