तत्कालै ऐन ल्याएर नागरिकता समस्या समाधान गरिने !

 कोरखबर   २२ कार्तिक, २०७८



कात्तिक २२, जनकपुरधाम । गृहमन्त्री बालकृष्ण खाणले ऐन ल्याएर नागरिकता समस्या तत्कालै समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोमबार जनकपुरधाम विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै गृहमन्त्री खाणले अध्यादेशमार्फत होइन ऐन ल्याएरै नागिकता समस्या समाधान गर्ने बताए । 'नागरिकता समस्या तराई मधेश मात्र नभई सम्पूर्ण देशकै समस्या हो,' उनले भने, 'यो समस्या अध्यादेशमार्फत होइन ऐन ल्याएर नै तत्कालै समाधान गर्नेछौं ।'

न्यायापालिका, कार्यपालिका र व्यवस्थापिका स्वतन्त्र रहेको र स्वतन्त्रतापूर्वक काम गरिरहेको भन्दै उनले न्यायापालिकामा देखिएको समस्यालाई छिटोभन्दा छिटो समाधान हुनुपर्ने बताए । यसबारे गठबन्धन दलले छिट्टै नै कुनै निष्कर्ष निकाल्ने उनको भनाइ छ ।

काँग्रेस महाधिवेशनको प्रशंगमा गृहमन्त्री खाणले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकोले पार्टीको विभिन्न गतिविधीले देशको अन्य पार्टीलाई समेत प्रभाव पार्ने भन्दै उनले महाधिवेशनले पार्टी र अन्यसबैलाई प्रभाव पार्ने बताए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post