आजै साँझ राजिनामा दिँदै कर्णाली मुख्यमन्त्री शाही !

 रासस   १५ कार्तिक, २०७८



कात्तिक १५, सुदूरपश्चिम । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिने भएका छन्। सोमबार साँझ पाँच बजेतिर मुख्यमन्त्री शाहीले राजीनामा दिन लागेका हुन्।

‘अहिले आन्तरिक छलफल भईरहेको छ, मुख्यमन्त्रीले राजीनामा दिने निश्चित भईसकेको छ, आधिकारिक रुपमा जानकारी आउँछ।’ मुख्यमन्त्रीको विश्वस्त स्रोतल भन्यो, ‘काँग्रेससँग भएको सत्ता हस्तान्तरणको सम्झौता इमान्दारितापूर्वक कार्यान्वयन गर्न मुख्यमन्त्री शाहीले राजीनामा दिन लाग्नुभएको हो।’

यसअघि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभाबाट विश्वासको मत लिदा उतिबेला प्रमुख प्रतिपक्षका दलका रुपमा नेपाली काँग्रेसले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो भने नेकपा एमालेका ४ जना सांसदले फ्लोरक्रस गरेका थिए । फ्लोरक्रस गरेर सांसद पद खोसिए पनि मन्त्री बनेका हाल नेकपा समाजवादीका तीनजना मन्त्रीको पदावधि पनि आज ९सोमवार० नै सकिन लागेको छ। 

मुख्यमन्त्री शाहीले राजीनामा दिए लगत्तै नेपाली काँग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाही अब मुख्यमन्त्री बन्नेछन्।

अहिले ३५ जना सांसद रहेको प्रदेशसभामा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र नेकपा समाजवादी का ३ गरी सत्ता गठबन्धन संग २१ जना बहुमत सांसद रहेका छन्।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post