कात्तिक ५,काठमाडौं । यति एयरलाइन्सले अन्तर्राष्ट्रिय चार्टर (एओसी) र नन स्येड्युल फ्लाइटको लागि अनुमति पाएको छ। यति एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अनुमति पाएको हो।
अनुमति पाएसँगै एतिले दक्षीण पूर्वी एसिया र दक्षिण एसियाली राष्ट्रहरुमा प्यासेन्जर तथा कार्गो उडान गर्ने यतिका प्रवक्ता सुदर्सन बर्तौलाले जानकारी दिए।
‘अन्तर्रास्ट्रिय उडानका लागी हाम्रो आन्तरिक तयारी पूरा भएको छ, योसँगै हामी जुनसुकै समयमा यी राष्ट्रहरुमा उडान गर्न सक्षम छौँ’,उनले भने। यतीसँग हाल एटीआर ७२ र ट्वीनअटर जहाज छन्।