काभ्रेमा जिप दुर्घटना, चालकको ज्यान गयो !

 कोरखबर   ४ कार्तिक, २०७८



कात्तिक ४, काठमाडौं । काभ्रेको भुम्लु गाउँपालिका–५, जामुनेखोलामा कुखुराको दाना बोकेको जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा परी काभ्रेकै चौरीदेउराली गाउँपालिका–४ का ४९ वर्षीय कमल श्रेष्ठको मृत्यु भएको हो । उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा गए राति सवा १ बजे मृत्यु भएको जनाइएको छ ।

दोलालघाटबाट भुम्लुतर्फ कुखुराको दाना लिएर जाँदै गरेको बा२१च ९२१० नम्बरको जिप बुधबार राति करिब ९ बजे सडकबाट झन्डै ३०० मिटर तल खसेको थियो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post