प्रहरी हिरासतमा थुनुवाको मृत्यु भएपछि झडप !

 कोरखबर   २४ असोज, २०७८



असोज २४, काठमाडौं । प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय परिसर तनावग्रस्त बनेको छ ।

पीडितका आफन्तसहित ठूलो संख्याको भीडले प्रहरीमाथि आक्रमण थालेपछि दोहोरो झडप समेत भएको छ । ढुङ्गामुडा पश्चात प्रहरीले प्रदर्शनकारीलाई लखेट्न आधा दर्जन बढी अश्रुग्यास समेत प्रहार गरेको छ । झडपमा प्रहरी सहित एक दर्जन बढी घाइते भएका छन् ।

प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् । उनीहरुले प्रहरीले सुनियोजित रुपले थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै लाश नबुझ्ने बताएका छ । उता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जयसिंह थापाले सीसीटीभी क्यामेरामा स्पष्ट आत्महत्या गरेको देखिएकाले प्रहरी माथि आक्षेप लगाउनु उचित नहुने बताए । उनले घटना अनुसन्धानको क्रममा रहेकाले छानविन हुने बताए ।

प्रहरीले प्रदर्शनकारीलाई हटाउन पटक–पटक प्रयास गरेपनि उग्र बनेको समूह प्रहरीमाथि जाइलागेको थियो । झडपका क्रममा प्रहरी कार्यालय र परिसरका संरचनामा क्षति समेत पुगेको छ । कार्यालय र इनरुवा बजार क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सुनसरी प्रहरीका अनुसार अभद्र व्यवहार मुद्दामा पक्राउ परेका भोक्राहा ५ का मोहम्मद हकिम साह अनुसन्धानको क्रममा थुनामा थिए ।

पीडित पक्षले भने केटाकेटी राजीले भागेको विषयमा राजनीति लादिएको बताएका छन् । उनीहरुले केटीलाई परिवार पक्षले छुटाएर लगेको र केटालाई अभद्र व्यवहारमा मुद्दा चलाएकोमा थुनामै मृत्यु हुनु सुनियोजित भनेका छन् । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post