कर्णाली नदीमा डुंगा दुर्घटना, एक युवती वेपत्ता !

 कोरखबर   २४ असोज, २०७८



असोज २४, सुर्खेत । कर्णाली नदीमा डुंगा पल्टिँदा आइतबार एक युवती वेपत्ता भएकी छिन्। सुर्खेतको चौकुने गाउँपालिका–१० र कैलालीको मोहन्याल गाउँपालिका–३ को बीच भागमा डुंगा पल्टिएको हो।

डुंगा पल्टिँदा चौकुने गाउँपालिका–१० की १८ वर्षीया अनिता विक वेपत्ता भएको वडा अध्यक्ष शंकर बहादुर कामीले जानकारी दिए। उनका अनुसार आइतबार बिहान ९ बजेतिर डुंगा पल्टिएको हो।

घरको लागि कमेरो र माटो ल्याउन मोहन्याल गाउँपालिका जान लागेकी विक नदीमा खसेर बेपत्ता भएकी हुन्। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post