२०२२ मा नेपालको आर्थिक वृद्धि ३.९ ले हुने प्रक्षेपण !

 कोरखबर   २१ असोज, २०७८



असोज २१, काठमाडौं । विश्व बैंकले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको जनाएको छ ।

विश्व बैंकले चालु आर्थिक वर्ष २०७८/७९ मा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको छ । सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा १.८ प्रतिशतले आर्थिक वृद्धिदर बढ्ने अनुमान विश्व बैंकको छ ।

आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर ऋणात्मक रहेको थियो भने गत आर्थिक वर्षमा १.८ प्रतिशत मात्र वृद्धिदर भएको विश्व बैंकले जनाएको छ । कोभिड महामारीको प्रभाव नेपालको अर्थतन्त्रमा कम हुँदै गएकाले अर्थतन्त्र सुधारोन्मुख रहेको विश्व बैंकले जनाएको छ ।

विशेषगरी कोभिड–१९ विरुद्धको खोपको प्रयोगका कारण वैदेशिक रोजगारी र पर्यटन क्षेत्रमा सुधार देखिन थालेकोले नेपालको अर्थतन्त्र सुधारको अवस्थामा रहेको विश्व बैंकले जनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post