सामाजिक सुरक्षा कोषद्धारा ६९ करोड दाबी भुक्तानी

 कोरखबर   २१ माघ, २०७८



माघ २१, काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई ६९ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

कोषले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा वृद्धावस्था सुरक्षा योजना, औषधोपचार तथा स्वास्थ मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्त सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना लगायत विविध योजनामा ६९ करोड रुपैयाँ भुक्तानी गरेको हो । यो रकम श्रमिकले गरेको कुल योगदानको ५.४ प्रतिशत हो ।

कोषले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत  ५६ करोड ५२ लाख ६१ हजार ४१९ रुपैयाँ माग दाबीका आधारमा योगदानकर्ताहरुलाई भुक्तानी गरेको छ।

यसैगरी, औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत ९ करोड ७१ लाख ७२ हजार ४१३ रुपैयाँ , दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत ९० लाख १४ हजार १८० रुपैयाँ  र आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत एक करोड ८६ लाख ३० हजार १४१ रुपैयाँ दाबी भुक्तानी गरिएको कोषले जनाएको छ ।

यता, कोषमा भने हालसम्म १२ अर्ब ७६ करोड रुपैयाँ योगदान रकम सङ्कलन भएको छ । कोषले चार प्रकारका सुरक्षा योजना सञ्चालनमा ल्याएको छ । हालसम्म कोषमा १६ हजार ४७८ रोजगारदाता र तीन लाख ८ हजार ९७८ योगदानकर्ता आवद्ध भएका छन् ।

यस्तो योगदानकर्ताहरु प्रदेश अन्तरगत सबैभन्दा बढी बागमती प्रदेशबाट ११ हजार २६६, प्रदेश नं १ बाट एक हजार ८३०, लुम्बिनीबाट एक हजार ४०७, गण्डकीबाट ७५९, मधेसबाट ७३८, सुदूरपश्चिमबाट २३८ र कर्णाली प्रदेशबाट २१० रोजगारदाता आवद्ध भएका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post