पुस मसान्तभित्र आयकर बुझाउन सरकारको ताकेता

 कोरखबर   २८ पौष, २०७८



२८ पुष, काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो किस्ता वापतको आयकर पुस मसान्तभित्र दाखिला गर्न ताकेता गरेको छ ।

आन्तरिक राजश्व विभागले आर्थिक वर्ष ०७८/०७९ को आयकरको पहिलो किस्ता वापतको कर तथा विवरण यही महिनाको मसान्तसम्म बुझाउन ताकेता गर्दै सूचना जारी गरेको हो।

विभागले ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, सम्बन्धित आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयमा कर वापतको रकम दाखिला गर्न भनेको हो।

आयकर ऐन, २०५८ को दफा ५४ को उपदफा (१) बमोजिम आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने कर दाताहरुले दफा ५५ बमोजिम कारोवारको अनुमानित करको विवरण र सो विवरण अनुसार तिर्नुपर्ने आयकरको पहिलो किस्ता पुस मसान्तभित्र बुझाउनु पर्दछ । जस अनुसार करीब ५८ अर्ब रुपैयाँ कर वापतको रकम सरकारी ढुकुटीमा जम्मा हुने अनुमान गरिएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post