दुई कम्पनीको साधारण सभा आज, यस्ता छन् एजेन्डा !

 कोरखबर   २९ चैत, २०७८



चैत ३०, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत दुई कम्पनीको वार्षिक साधारण सभा आज हुँदै छ । प्रभु इन्स्योरेन्स र साल्ट ट्रेडिङ कर्पोरेसनको एजीएम आज हुन भएको हो । 

प्रभु इन्स्योरेन्स

प्रभु इन्स्योरेन्सले आफ्नो २६ औँ वार्षिक साधारणसभा काठमाण्डौको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ११.५८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ ।

जसमा ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५८ प्रतिशत नगद लाभांश छन् । लाभांश र सभा प्रयोजनका लागि कम्पनीले गत चैत १७ गतेदेखि वार्षिक साधारणसभा हुने दिनसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।

यसको अर्थ गत चैत १६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन् । 

साल्ट ट्रेडिङ

साल्ट ट्रेडिङले आफ्नो ५५ औँ वार्षिक साधारण सभा आज बिहान ११ बजेबाट डोकेको छ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १०.५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश छन् ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायत पनि पारित गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले गत चैत १५ गतेदेखि चैत ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

यसको मतलब गत चैत १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन् । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post