सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घट्यो

 कोरखबर   २३ पौष, २०७८



पुस २३, काठमाण्डौ । सुनचाँदीको भाउ आज घटेको छ । सुन आज तोलामा सात सय रुपैयाँ सस्तो भएको छ भने चाँदी १० रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको भाउ तोलामा ९१ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । हिजो तोलामा ९२ हजार ३ सय रुपैयाँ थियो ।

यस्तै, हिजो तोलाको १२ सय ३५ रुपैयाँ रहेको चाँदी आज १० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय भाउ अनुसार हरेक दिन सुनचाँदीको भाउ निर्धारण गर्ने गरेको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post