बेवारिस अवस्थामा भ्यानमा भेटिए २८ वटा मानव खप्पर र हड्डी !

 कोरखबर   २० असोज, २०७८



असोज २०, मोरङ । सशस्त्र प्रहरीले विराटनगर–१५ रानीस्थित २ नम्बर ढाटनजिकबाट २८ वटा मानव खप्पर र १० वटा हातखुट्टाको हड्डी बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणका गणपति तीर्थ पौडेलका अनुसार प्रहरी टोलीले मंगलबार रानीस्थित ढाटनजिक को२च ९६४८ नम्बरको भ्यान बेवारिस अवस्थामा देखेको र शंका लागेर जाँच मानव खप्पर र हड्डी फेला परेको हो ।

सुरुमा वन्यजन्तुको हड्डी भन्ने लागे पनि पछि मानव खप्पर र हातखुट्टाको हड्डी पुष्टि भएको उनले बताए । उनका अनुसार थप कारबाहीका लागि ती खप्पर, हड्डी र भ्यान इलाका प्रहरी रानीमा बुझाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख जनार्दन जीसीले मानव खप्पर र हड्डी कसले ल्याएको, कसको गाडी प्रयोग भएको र केका लागि यसको तस्करी भइरहेको भन्नेबारे अनुसन्धान भइरहेको बताए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post