२० असोज, काठमाडौं । नेपाल प्रहरीले बुधबार आफ्नो स्थापना दिवस मनाएको छ। प्रहरी ऐन, २०१२ जारी भएको दिनलाई नेपाल प्रहरीले स्थापना दिवसका रुपमा विशेष समारोह गरी मनाउने गरेको हो।
६६ औं प्रहरी दिवसको अवसरमा राजधानीको नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा विशेष समारोह गरिएको छ। कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँड, प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलगायत सहभागी छन्।
कार्यक्रममा विभिन्न विधाका उत्कृष्ट प्रहरी अधिकृतहरूलाई पुरस्कृत गरिएको छ। प्रहरी दिवसका अवसरमा विभिन्न जिल्लास्थित प्रहरी कार्यालयहरूले पनि कार्यक्रमहरू गरिरहेका छन्।