प्रहरीले चोरि भएका २१ मोटरसाइकल सवारी धनीको जिम्मा लगायो !

 कोरखबर   १९ असोज, २०७८



असोज १८, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थानबाट चोरी भएका २१ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

विभिन्न मितिमा विभिन्न स्थानबाट हराएको मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेर सवारीधनीलाई जिम्मा लगाएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले मोटरसाइकल चोरी रोकथाम तथा नियन्त्रणका लागि सवारी धनी नै सजग हुनुपर्ने बताउनुभयो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post