असोज १७, काठमाडौं । अछामको रामारोशन गाउँपालिकामा एक सातादेखि तालाबन्दी छ । गाउँपालिकाले तलब नदिएको भन्दै बालविकास केन्द्रका शिक्षकले ११ असोजमा तालाबन्दी गरेका हुन् ।
७ हजारका दरले तलब नमानेपछि पालिकाको कार्यालयमा तालाबन्दी गरिएको बाल शिक्षक संर्घष समितिका अध्यक्ष ललिता खत्रीले जानकारी दिइन् ।
बालविकास केन्द्रका शिक्षकले मासिक पाउने तलबमध्ये ७ हजार रुपैयाँ पालिकाले बेहोर्नुपर्ने हुन्छ । संघ सरकारले बाल विकास केन्द्रका शिक्षकको तलब पालिकाले दिनुपर्ने ७ हजार गरेर १५ हजार पुर्याएको छ ।
बान्नीगढी जयगढ गाउँपालिकामा लगाइएको ताला पनि अहिलेसम्म खुलेको छैन ।