१५ असोज, एजेन्सी । उत्तर कोरियाले हिजो ९बिहीबार० आफ्नो नयाँ एन्टी(एयरक्राइफ्ट मिसाइलको परीक्षण गरेको छ ।
एक महिनाभित्रै उत्तर कोरियाले गरेको यो चौंथो परीक्षण हो । केही दिन पहिला कोरियाले एक नयाँ हाइपरसोनिक मिसाइल लन्च गरेको थियो। परीक्षणलाई लिएर अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकनले आपत्ति जनाएका छन् । ‘यी परीक्षणबाट अस्थिरता र असुरक्षालाई लिएर धेरै आशंका उत्पन्न हुन्छ’, उनले भने ।
उता उत्तर कोरिया भने आत्मरक्षाका लागि हतियारको आवश्यकता पर्ने बताएको छ । उसले अमेरिका र दक्षिण कोरियाले दोहोरो मापदण्ड अपनाएको पनि आरोप लगाएको छ ।
नयाँ परीक्षणले स्पष्ट रूपमा यो संकेत गर्छ कि कडा प्रतिबन्धको बाबजुत पनि उत्तर कोरियाले हतियार निर्माणको काममा कमी ल्याएको छैन । सरकारी न्युज एजेन्सी केसिएनएका अनुसार यो नयाँ एन्टी एयरक्राफ्ट मिसाइलले उत्कृष्ट युद्ध क्षमताको प्रदर्शन गरेको छ ।