बालुवाटारमा सर्वदलीय बैठक, एमाले गएन् !

 कोरखबर   १४ असोज, २०७८



असोज १४,काठमाडौं । संसद्‍मा २३ दिनदेखि जारी अवरोध हटाउने प्रयास स्वरूप प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दललाई सर्वदलीय बैठकमा बोलाइएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बिहान बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागी छैन ।

सर्वदलीय बैठकअघि प्रधानमन्त्रीले कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न पठाएका थिए । माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न पार्टीले गरेको सिफारिश कार्यान्वयन नगरेको भन्दै एमालेले संसद्‍मा अवरोध जारी राखेको छ ।

एमालेको अवरोधका बावजुद सरकारले संसद्‍बाट बजेट प्रतिस्थापन विधेयक पारित गरिसकेको छ ।

यसअघि संसद् गतिरोध फुकाउन सभामुख अग्नि सापकोटाले सर्वदलीय बैठक राखे पनि एमाले अनुपस्थित रहेको थियो । १४ सांसदमाथि पार्टीले गरेको कारवाही सदर नगरेर सभामुख आफ्नो दल विभाजनमा भूमिका खेलेको आरोप लगाउँदै आएको छ । 

आफूहरूका माग सम्बोधन नहुँदासम्म सरकारले बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने एमालेले बताएको छ । बजेट पारित गरेपछि प्रतिनिधि सभा बैठक आजसम्मका लागि स्थगित गरिएको छ । आजको बैठक सूचारु गराउन प्रधानमन्त्रीले पहल गरेका हुन् । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post