असोज १३, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच मन्त्रिरिषद् विस्तारबारे छलफल भइरहेको छ। प्रधानमन्त्री देउवा भेट्न प्रचण्ड बुधबार बिहान बालुवाटार पुगेका हुन्।
दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएपछि सत्ता गठबन्धन दलहरु मन्त्रिपरिषद विस्तारको छलफलमा जुटेका छन्। सरकारमा पठाउने मन्त्रीहरुको टुंगो लगाउन आजै माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ।
स्थायी समिति बैठक बस्नुअघि प्रचण्ड प्रधानमन्त्रीसँग मन्त्रालयको बाँडफाँडलगायत विषयमा छलफल गरेका हुन्। नेकपा एकीकृत समाजवादीले समेत मन्त्रीहरुको टुंगो लगाउन सकेको छैन।