तालिबानका विषयमा टर्कीका राष्ट्रपतिले गरे यस्तो घोषणा !

 कोरखबर   १२ असोज, २०७८



असोज १२, काठमाडौं। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले तालिबानको विषयमा निकै महत्वपूर्ण घोषणा गरेका छन् । उनले यदि तालिबानले अन्तर्राष्ट्रिय मान्यता पाएमा आफ्नो देशले तालिबानसँग मिलेर काम गर्ने घोषणा गरेका छन् । 

सीबीएस न्युजसँग कुरा गर्दै एर्दोगानले भने ‘टर्कीले तालिबानसँग त्यतिबेलासम्म काम गर्दैन जबसम्म उसले अन्तर्राष्ट्र्रिय मान्यता पाउँदैन ।’

उनले अगाडि भने ‘यदि अन्तर्राष्ट्रिय समुदायले उनीहरुलाई स्वीकार गर्छ भने त्यसपछि हामी उनीहरुसँग कारोबार गर्न सक्छौं अन्यथा गर्दैनौं ।’ यसअघि टर्कीले काबुल विमानस्थललाई संचालन गर्न सहयोग गर्न राजी भएको समाचार आएको थियो ।

तालिबानको नयाँ कार्यवाहक विदेश मन्त्रालयको क्याबिनेटले सोमबार काबुल विमानस्थलका सबै प्राविधिक समस्याहरु हटाइएको बताएको थियो । क्याबिनेटले अन्तर्राष्ट्रिय एयरलाइन्सहरुलाई उडान बहाल गर्न भनेको थियो ।

अर्दोआनले नयाँ सरकारमा महिलाहरुलाई पनि सहभागी गराइनुपर्ने बताए । उनले भने ‘महिलाहरुप्रति टर्कीको दृष्टिकोण जगजाहेर छ । महिलाहरु हरेक क्षेत्रमा छन् र हाम्रो यही दृष्टिकोण अफगानिस्तानमा पनि लागू हुन्छ । जब अफगानिस्तानमा महिलाहरु हरेक षेत्रमा सक्रिय हुन्छन् हामी उनीहरुलाई सहयोग गर्न सक्छौं ।’



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post