प्रतिनिधि सभा बैठक दिउँसो बस्दै, यस्तो छ सम्भावित कार्यसूची !

 कोरखबर   ११ असोज, २०७८



असोज ११, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दै छ। नयाँ वानेश्वरस्थित संसद भवनमा दिउँसो २ बजे बस्ने बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

नवौं अधिवेशनको पहिलो बैठकदेखि नै संसद वैठकमा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले बिहीबार पनि बैठक सुरु भएदेखि नै नाराबाजी गरेका थिए। एमाले सांसदहरुको नाराबाजीकै बीच आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक बिहीबारको बैठकबाट पारित भएका छन्। 

संसदको चालु नवौं अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै नाराबाजी गर्दै आएको छ। एमालेको अवरोध र नाराबाजीकैबीच अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको बजेट प्रतिस्थापन विधेयक यस अघि नै पारित भइसकेको छ। 

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post