६१ अंकले घट्यो नेप्से, साढे ६ अर्बको सेयर कारोबार !

 कोरखबर   १० असोज, २०७८



आश्विन १०, काठमाडौँ । अघिल्ला तीन कारोबार दिन उकालो लागेको नेप्से आइतबार ६१.२७ अंकले घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो करिब २।१७ प्रतिशतले कम हो ।

आइतबार बजार खुलेदेखि नै नेप्से घट्न थालेको थियो । कारोबार अवधिभर नेप्से उतारचढावपूर्ण रह्यो । अन्त्यमा सवा ६१ अंकले घटेपछि समग्र नेप्से २ हजार ७ सय ५८.४८ विन्दुमा ओर्लेको छ ।

सो दिन कारोबारमा आएकामध्ये सामूहिक लगानी कोष बाहेक बाँकी सबै उपसमूहको परिसूचक घटेपछि नेप्सेमा दबाब परेको हो । आइतबार ६ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post