दल विभाजन सम्बन्धी अध्यादेशविरुद्धको रिटमा कारण देखाऊ आदेश !

 कोरखबर   ८ असोज, २०७८



असोज ८, काठमाडौँ । सर्वोच्च अदालतले दल विभाजन सम्बन्धी अध्यादेशविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। संवैधानिक इजलासले उक्त आदेश जारी गरेको हो।

सरकारले गत भदौ १ गते राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको थियो। अध्यादेश जारी भएपछि नेकपा एमाले विभाजन भइ नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी विभाजन भइ महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी गठन भएका थिए ।

उक्त अध्यादेश खारेजीको माग गर्दै सर्वोच्चमा ६ वटा रिट दायर भएका थिए।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post