ठमेलमा मुत अवस्थामा भेटिए जर्मन नागरिक !

 कोरखबर   ८ असोज, २०७८



असोज ८, काठमाडौं । ठमेलको एक होटलमा जर्मन नागरिक मृत अवस्थामा फेला परेका छन् ।

मृत भेटिएका जर्मन नागरिकको नाम डेविड मिटज्याकट रहेको खुलेको छ । ठमेलको विहानी होटलमा मिटज्याकको शव भेटिएपनि विस्तृत जानकारी खुलिनसकेको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डीएसपी दुर्गा दाहालले जानकारी दिए ।

उनका अनुसार ती नागरिक तीन महिना अघि पर्यटक भिसामा नेपाल आएको बुझिएको छ । शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल लगेको र रिपोर्ट आएपछि घट्नाबारे थप बताउन सकिने प्रहरीले जनाएको छ । मृतकको नेपाली प्रेमिका भएको र उनलाई भेट्न नेपाल आएको बताइएको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post