असोज ८, काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको कार त्रिशुली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्।
इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा बिहीबार राति कार अनियन्त्रित भई सडकबाट तल नदीमा खस्दा तीन जना बेपत्ता भएका हुन्।
पोखरा महानगरपालिका–१७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी भने घाइते हुनुभएको छ। उहाँको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
कारमा सोही ठाउँ बस्ने अन्दाजी ६० वर्षीय प्रेमबहादुर भुजेल, सोही ठाउँका अन्दाजी ५५ वर्षका लेखराम भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल सवार रहेको बताइएको छ। कारसहित उनीहरू बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता भएकाको खोजी कार्य भइरहेको छ ।