कांग्रेसका प्रभावशाली नेताहरुको बैठक बस्दै !

 कोरखबर   ७ असोज, २०७८



असोज ७, काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरूको बैठक आज बस्दै छ । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बस्ने बताएइको छ ।

कांग्रेस नेता गोपालमान श्रेष्ठकाअनुसार महाधिवेशन र सरकार विस्तारका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको दुई महिना बढी बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन् । सत्तागठबन्धन दलका मात्रै होइन देउवाले आफ्नै दलका संस्थापनइतर समूहलाई समेत मन्त्रिपरिषद्मा समेट्न सक्नुभएको छैन् ।

पौडेल समूहका एक नेताका अनुसार आजको बैठकमा पौडेल समूहले आफूहरूले पाउने मन्त्रालयको संख्या माग गर्ने, भागवन्डा टुंगो लगाउन दबाब दिने तयारी गरेको छ ।

यस्तै, कांग्रेस क्रियाशील विवादका कारण वडा अधिवेशन हुन नसकेका जिल्लाका बारेमा पनि बैठकमा छलफल हुनेछ । वडा अधिवेशन सकिएका ६५ जिल्लामा कांग्रेसले पालिका अधिवेशन असोज ९ मै गर्ने तयारी गरेको छ । पालिका अधिवेशन पछि बाँकी अधिवेशन दशैपछि सार्ने कांग्रेसको तयारी छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post