सर्पले टोक्दा सप्तरीमा दिदी–भाइकै ज्यान गयो !

 कोरखबर   ६ असोज, २०७८



असोज ६, सप्तरी । सप्तरीको खडक नगरपालिकामा सर्पले टोकेर एकै परिवारका दिदी–भाइको ज्यान गएको छ ।

सर्पले टोकेर नगरपालिकाको वडा नम्बर २ सिस्वाबेल्हीका १४ वर्षीया सुनिता मण्डल र उहाँका भाइ नौ वर्षीय कृष्णको ज्यान गएको प्रहरीले जनाएको छ । घरमा राति सुतेको ठाउँमा सर्पले टोकेपछि उनीहरूलाई अस्पताल लगिएको थियो । 

सुनिताको उपचारका क्रममा सिरहाको लहानमा रहेको रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालमा ज्यान गएको र कृष्णको राजविराजमा रहेको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा ज्यान गएको सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।  



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post