एमसीसी राष्ट्रिय सहमतिपछि मात्र पारित : परराष्ट्रमन्त्री खड्का

 कोरखबर   ६ असोज, २०७८



असोज ६, काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा। नारायण खडकाले राष्ट्रिय सहमतिपछि मात्र एमसीसी पारित हुने बताएका छन् ।

बुधबार परराष्ट्रमन्त्रीको पदभार सम्हाल्दै मन्त्री खडकाले एमसीसी राष्ट्रिय एजेण्डा बनिसकेकाले सबै दलहरुसँगको छलफलपछि मात्र सम्भव हुने बताए ।

परराष्ट्र मन्त्री खडकाले भने, ‘एमसीसीका बारेमा फैलिएका गलत कुराहरुलाई चिरफार गर्दै त्यसबारे राष्ट्रिय सहमति जुटाउने कोसिस गर्छौ । ’ छिमेकी मुलक भारत र चीनलगायत अन्य सबै मित्रराष्ट्र मुलुकहरुसँग सन्तुलित व्यवहार गर्ने समेत परराष्ट्रमन्त्री खड्काको भनाइ छ। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post