विजय गच्छदारले आफ्नो धारणा सार्वजनिक गर्दै !

 कोरखबर   ६ असोज, २०७८



असोज ६,काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले पार्टीको १४ औं महाधिवेशनमा आफ्नो रणनीतिबारे धारणा सार्वजनिक गर्दैछन् ।

बुधबार दिउँसो १ बजे तीनकुनेमा पत्रकार सम्मेलन गरेर गच्छदारले आफ्नो धारणा सार्वजनिक गर्न लागेको नेता योगेन्द्र चौधरीले जानकारी दिए । ‘मलाई गुमनाम भयो भन्ने छ । आज मैले मेरो धारणा सार्वजनिक गर्दैछु भन्नुभएको छ । उहाँले आफ्नो आगामी रणनीति सार्वजनिक गर्दै हुनुहुन्छ,’ उनी निकट नेता चौधरीले भने ।

०७४ को आम चुनावअघि फोरम लोकतान्त्रिक पार्टी काँग्रेसमा समाहित गराएका गच्छदार पछिल्लो समय गुमनाम जस्तै थिए । बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि गच्छदार सार्वजनिक कार्यक्रममा पनि खासै देखिने गरेका थिएनन् । पार्टीको बैठकमा सहभागी भएपनि उनको संसद पद निलम्बन छ।

उक्त मुद्दामा असार ३० गते गच्छदार १० लाख धरौटीमा रिहा भएका थिए । १४ औं महाधिवेशनमा  गच्छदार उपसभापतिमा उम्मेदवारी दिने तयारीमा रहेको बुझिएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post