असोज ५, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को विरोधका बीच राष्ट्रिय सभामा विनियोजन विधेयक पेश भएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा सभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधिसभाबाट पारित भएर आएको विनियोजन विधेयक सभामा पेश गरेका हुन् ।
बैठकको सुरुमै एमालेकाएमालेको विरोधका बीच राष्ट्रियसभामा विनियोजन विधेयक पेश सांसदहरु सिटबाट उठेर विरोध जनाएका थिए । विरोधकै बीच राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक टेबुल गर्न सचिव फुँयाललाई समय दिएका थिए ।
एमाले सांसदहरुले प्रतिनिधिसभाबाट तत्कालिन एमालेबाट निर्वाचित माधवकुमार नेपालसहित १४ सांसदलाई सभामुखले पदमुक्त गरेको सूचना नटाँसेसम्म बैठक अघि बढ्न नदिने भन्दै विरोध जनाएका थिए ।
विनियोजन विधेयक पेश भएसँगै राष्ट्रिय सभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।