भेरी नदिमा हाम फालेर सुर्खेतकी एक महिला बेपत्ता !

 कोरखबर   ३१ भदौ, २०७८



भदौ ३१, सुर्खेत । सुर्खेतकी एक महिला भेरी नदामा बेपत्ता भएकी छन् । वीरेन्द्रनर नगरपालिका–११, स्थित भेरीको पुल एक जना महिला नदीमा हामफालेको जानकारी आएको प्रहरीले बताएको छ ।

भेरी नदीको किनारमा कपडा, मोबाइल र चेकलगायतका सामान भेटिएको छ । ती महिलाको पहिचान भएको छैन ।

‘नदी किनारामा केही कागज र कपडा छन् हामीले छोएनौं, तत्काल उनको खोजी र पहिचानको लागि सुर्खेत प्रहरीलाई खबर गरेका छौं,’ प्रत्यक्षदर्शी वीरेन्द्रनगर नगरपालिका-४ का वडाध्यक्ष नीलकण्ठ खनालले भने ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीका अनुसार इलाका प्रहरी कार्यालय छिन्चुको टोली घटनास्थलमा पुगेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post