रामेछापमा जीप दुर्घटना, तीन जनाको घट्नास्थलमै मृत्यु !

 कोरखबर   ३१ भदौ, २०७८



भदौ ३१, काठमाडौं । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको जीप रामेछापमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

बिहीबार बिहान मन्थली नगरपालिका वडा नम्बर ६ हात्तिटार कुनौरी नजिकै बोक्सेभिरबाट जीप खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रीशंखर श्रेष्ठले जानकारी दिए। प्रदेश नम्बर ३–०१–०२३–च–३५१३ नम्बरको जीप सडकबाट ६/७ सय मिटर तल खसेको उनले बताए। घटनास्थलबाट एक जना बालकको उद्दार गरिएको छ।

दुर्घटनामा ओखलढुंगा घर भएका अन्दाजी ३४/३५ वर्षीय लक्पा शेर्पा र उनकी श्रीमती फुरूबाको मृत्यु भएको छ। अर्का एक जनाको भने पहिचान नखुलेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

घाइते बालक अन्दाजी १२ वर्षीय पेम्बा शेर्पा छन्। उनी गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ।  सदरमुकाम मन्थलीको तामाकोशी अस्पतालमा उनको उपचार भईरहेको छ। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post