माथिल्लो तामाकोशी हाइड्रोपावरमा टावरबाट खसेर भारतीय मजदुरको मृत्यु

    ३० भदौ, २०७८



भदौ ३०, काठमाडा्रै । विद्युतको टावर निर्माणका क्रममा माथिल्लो तामाकोशी हाइड्रोपावरका एक मजदुरको मृत्यु भएको छ। टावरबाट खसेर भारतको बंगलमाल्दाका २८ वर्षीय शेख मतिउरको बुधबार मृत्यु भएको हो।

भदौ २६ गते सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका १३ जल्केनी नर्सिङ डाँडामा विद्युतको टावरनिर्माण भइरहेको थियो।  सोही क्रममा उनी करिव १३ फिटमाथिबाट खसेका थिए।

टाउको, निधार, छाती रशरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि मध्यपुर अस्पताल ठिमी भक्तपुर ल्याइएको थियो।  उपचारकै क्रममा उनको बुधबार बिहान मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता डीएपी दक्ष कुमार बस्नेतले बताए।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post