१६ वर्षीयाँ सुस्मिता एक दिनका लागि बनिन् गाउँपालिका अध्यक्ष !

 कोरखबर   २९ भदौ, २०७८



भदौ २९, काठमाडौँ । १६ वर्षीया सुस्मिता ऋषिदेव मोरङको बुढीगंगा गाउँपालिकाको अध्यक्ष बनेकी छन् । उनी निर्वाचनमार्फत पूर्ण कार्यकालका लागि अध्यक्ष बनेकी भने होइनन् ।

५७ औं राष्ट्रिय बालदिवसको अवसरमा उनी एक दिनको लागि गाउँपालिकाको अध्यक्ष बनेकी हुन् ।

अध्यक्ष बनेकी उनले मंगलबार अध्यक्षका हैसियतमा गर्नुपर्ने सबै काम गर्नेछिन् । गाउँपालिकाको नेतृत्वमा एक दिन सांकेतिक अध्यक्ष बालिका बनाइएको गाउँपालिकाले जनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post