भदौ २९, काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउँदै आएका पुण्य गौतम प्रहरी हिरासतमा अनशन बसेका छन् । गएको २७ गते एमसिसिको बिरोध गरेको आरोपमा पक्राउ परेका गौतमलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको थियो । उनले त्यहीँ अनसन थालेको एक प्रहरी अधिकारीले बताए ।
‘अभियन्ता’भन्दै युट्युवमा अन्तवार्ता दिँदै हिँड्ने गौतम बानेश्वरमा अमेरिकी परियोजना एमसिसिको बिरोध गर्दै गर्दा पक्राउ परेका थिए । प्रहरीले उनलाई सार्वजनिक हित विरुद्ध कसुर गरेको मुद्दामा हिरासतमा राखेको हो ।
गौतमले हिरासतमा अनसन बसेको तथ्य भने प्रहरीले लुकाएको छ ।