भदौ २५,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बाबजुद सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको कारवाही अगाडि बढाएका छन् ।
शुक्रवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा पनि एमाले सांसदहरूले नाराबाजी गरेपछि सभामुखले कारवाही अगाडि बढाएका हुन् ।
सापकोटाले एमालेसँग लामो संसदीय अनुभव रहेको भन्दै संसद बैठक सुचारु गर्न आग्रह गरे ।
त्यसपछि सभामुख सापकोटाले नेमकिपा सांसद प्रेम सुवाललाई आर्थिक अध्यादेश २०७८ माथि विरोधको सूचना पेश गर्न समय दिएका छन् ।