वाग्मतीको नीति तथा योजना आयोगका उपाध्यक्ष र सदस्य नियुक्त !

 कोरखबर   २५ भदौ, २०७८



भदौ २५, हेटौंडा । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले शुक्रबार वाग्मती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र तीन सदस्य नियुक्त गरेकी छिन् ।

आयोगको उपाध्यक्षमा सिन्धुपाल्चोकको मेलम्ची–६ का जगतबहादुर बस्नेतलाई नियुक्त गरिएको छ । सदस्यहरूमा रामेछापको भिरपानी–६ का ज्ञानुकुमार श्रेष्ठ, काठमाडौं, बालुवाटारका नीलम ताम्राकार र नुवाकोटको विदुर–१० का रामशरण प्याकुरेल छन् ।

मुख्यमन्त्री तथा आयोग अध्यक्ष शाक्यले उपाध्यक्ष तथा सदस्यहरूलाई शुक्रबार नै शपथग्रहण गराएकी छिन् । शपथग्रहण कार्यक्रममा शाक्यले आयोगको कामलाई दु्रतगतिमा अगाडि बढाउन आयोगलाई पूर्णता दिएको बताइन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post