सत्ता गठबन्धनको बैठक साँझ ६ बजे फेरी बस्ने !

 कोरखबर   २५ भदौ, २०७८



भदौ २५, काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक साँझ पुन्ः बस्ने भएको छ । शुक्रबार बिहान बालुवाटारमा बसेको बैठक समय अभावका कारण साँझ पुन्: बस्ने गरि टुंग्याईएको थियो । बिहन बसेको बैठकमा प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनका नेताहरुसँग मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेका छन् । 

मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाइ भइसकेको भन्दै देउवाले आ–आफ्नो पार्टीमा मन्त्रीहरूको नाम छिटो टुंग्याएर दिन आग्रह गरेको स्रोतले बताएको छ। बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी बारे सबै पार्टीमा चाँडो निर्णय गरेर अगाडि बढ्ने विषयमा पनि छलफल भएको छ । 

बिहानको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समानवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट पौडेलको सहभागी थिए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post